+

गिद्ध मासिँदा मानिसको मृत्यु !

काठमाडौँ । गिद्ध लोप हुँदा मानिसको मृत्यु,  आखिर कसरी ? हो एक अनुसन्धानले यसको पुष्टि गरेको छ ।

अनुसन्धानका अनुसार एउटा समय यस्तो थियो जब भारतमा ठूलो संख्यामा गिद्ध पाइन्थे । गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । कुनैबेला विमानस्थलबाट उडान भर्ने क्रममा जहाजसँग ठोक्किएर वा जेट इन्जिनमा छिरेर पाइलटका लागि खतरा पैदा गर्दथे ।

तर, जब बिरामी गाईवस्तुका लागि प्रयोग गरिने केही औषधिहरूका कारण दुई दशक भन्दा केही अघिदेखि भारतमा ठुलो संख्यामा पाइने ती गिद्ध मर्न थाले ।

सन् १९९० को दशकको मध्यतिर आइपुग्दा ५ करोडको संख्यामा रहेका गिद्धको संख्या डाइक्लोफेनाक नामको औषधिका कारण करिब शून्यमा आयो । डाइक्लोफेनाक गाईवस्तुमा प्रयोग गरिने स्टेरोइड मुक्त दुखाइ कम गर्ने औषधि हो । यो गिद्धका लागि घातक रहेको छ ।


जब कुनै पंक्षीले यो औषधीको प्रयोग गरिएका पशुहरूको सिनो खान्छन्, ती पंक्षीहरुको मिर्गौला फेल हुन्छ र मर्छन् ।

क्तबतभ या क्ष्लमष्ब’क द्यष्चमक को नयाँ रिपोर्ट अनुसार सन् २००६ मा पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधिमाथि भारतमा प्रतिबन्ध लगाइएसँगै केही क्षेत्रहरुमा गिद्धको मृत्युमा गिरावट आएको छ । तर, कम्तीमा ३ वटा प्रजातीहरू यस्ता थियो जोमाथि यो औषधिको दीर्घकालीन असर पर्यो र ९१ देखि ९८ प्रतिशतसम्मको क्षति बेहोर्नु पर्यो ।

अमेरिकन इकोनोमिक एसोसिएसन जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ– ती गिद्धको मृत्युका कारणले घातक ब्याक्टेरिया तथा संक्रमण फैलियो । जसका कारण ५ वर्षमा करीब ५ लाख मानिसको मृत्यु भयो ।

५ लाख मानिसको मृत्यु कसरी भयो !
अध्ययनका एकजना लेखक तथा शिकागो विश्वविद्यालयस्थित ह्यारिस स्कुल अफ पब्लिक पोलिसीका सहायक प्राध्यापक इयाल फ्रेंक भन्छन् – गिद्धले प्रकृतिलाई स्वच्छ राख्न र हाम्रो पर्यावरणबाट जिवाणु तथा रोगबाट मरेका जनावरहरु हटाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । गिद्धको अभावमा रोग फैलिन सक्दछ ।

मानिसको स्वास्थ्यमा गिद्धको भूमिकाले वन्यजन्तुको संरक्षणको महत्वलाई दर्शाउँछ। पर्यावरणमा सबै जिवहरुको आ आफ्नै काम हुन्छ, जसले हाम्रो जीवनलाई प्रभावित गर्दछन् ।

फ्रेंक र उनका सहकर्मी शोधकर्ता अनन्त सुदर्शनले गिद्धको संख्यामा गिरावट हुनुभन्दा अघि र पछि ऐतिहासिक रुपबाट गिद्धको संख्या कम भएका भारतीय जिल्लाहरू तथा गिद्धको संख्या धेरै भएका जिल्लाहरुमा मानवीय मृत्युको दरको तुलना गरे ।

उनीहरूले रेबिन खोपको बिक्री, जंगली कुकुरको संख्या तथा पानी आपूर्तिमा रोग फैलाउने कारकहरुको स्तरको अध्ययन गरे ।

त्यसक्रममा सुन्निएको उपचारमा प्रयोग हुने औषधिको बिक्री बढ्दा र गिद्धको संख्या घटेपछि ती जिल्लाहरु ९जहाँ कुनै समय गिद्धको संख्या उच्च थियो० मा मानव मृत्युको दरमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि देखियो ।

शोधकर्ताहरुका अनुसार पशुहरुको सिनो यत्रतत्र फ्याँकिने गाईवस्तुको संख्या बढी भएका सहरहरुमा यसको प्रभाव सबैभन्दा धेरै पाइएको थियो ।

शोधकर्ताहरुका अनुसार सन् २००० देखि २००५ सम्ममा गिद्धको संख्या घटेका कारणले हरेक वर्ष करिब एक लाखभन्दा धेरै मानिसको मृत्यु भयो । अकाल मृत्युका कारण भारतले हरेक वर्ष ६९ अर्ब डलरको क्षति ब्यहोर्नु पर्यो ।

कुनै प्रजाती नासिँदा मानिसमा के असर पर्छ ?

उल्लेखित मृत्युहरु यस्ता रोग तथा जिवाणुहरू फैलिएका कारण भएन, जसलाई आम रुपले गिद्धले पर्यावरणबाट टाढा राखिदिन्थे । वास्तवमा गिद्ध नहुँदा भुस्याहा कुकुरहरुको सख्यामा वृद्धि भयो र मानिसमा रेबिज जस्ता रोगहरुको दर बढ्न पुग्यो ।

त्यसबेला रेबिज खोपको बिक्री बढ्यो, तर खोप पर्याप्त मात्रामा उपलब्ध थिएन । गिद्धले जस्तो कुकुरले सिनोका अवशेषहरू सफा गर्न सक्दैनथ्यो । जसका कारण सिनोमा भएका जिवाणुहरू खानेपानीका स्रोतसम्म पुगे । पानीमा त्यस्ता हानिकारक ब्याक्टेरिया मिसिंदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्यो ।

वार्विक विश्वविद्यालयका सहप्राध्यापक तथा यस अध्ययनका सहलेखक सुदर्शन भन्छन्  भारतमा गिद्धको संख्यामा गिरावट आउनु वास्तवमा यो कुराको प्रष्ट उदाहरण हो कि कुनै प्रजाति नासिंदा मानिसले कति भारी तथा अप्रत्याशित मूल्य चुकाउनु पर्ने हुन्छ ।

उनी भन्छन्९यो मामिलामा नयाँ रसायनहरुलाई दोषी ठहराइयो । तर, अन्य प्राकृतिक बासस्थान विनास, वन्यजन्तुको अवैध व्यापार तथा जलवायु परिवर्तन जस्ता मानवीय गतिविधि सिर्जित घटनाले जीवजन्तुमा असर पारेका छ र अन्ततः त्यसले समग्र मानिसलाई नै प्रभाव पार्दछ ।

गाईवस्तुको सिनो हटाउनका लागि गिद्धमा निर्भर हुन्थे किसान
भारतमा सबैभन्दा ठुलो संख्यामा कमी आएका गिद्धका प्रजातीहरुमा सेतो प्वाँख भएको गिद्ध, भारतीय गिद्ध, लालसर गिद्ध लगायतका छन् ।

ती प्रजातीहरुले सन् २००० को दशकको शुरुवात देखि सबैभन्दा महत्वपूर्ण दीर्घकालीन गिरावटको सामना गरे । ती गिद्धको संख्यामा त्यसदेखि अहिलेसम्म ९१ देखि ९८ प्रतिशतसम्मको कमी आएको छ ।

इजिप्सियन गिद्ध र ग्रिफोन गिद्धको संख्यामा पनि उल्लेख्य कमी आएको छ, तर त्यो धेरै विनाशकारी छैन ।

शोधकर्ताका अनुसार भारतमा सन् २०१९ को पशु गणनामा देशमा ५० करोडभन्दा धेरै पशु रहेको तथ्यांक छ । अर्थात् भारत विश्वमै सबैभन्दा धेरै घरपालुवा पशु भएको देश हो ।

विगतमा किसानहरुले पशुका शवलाई छिटो गरी हटाउनका लागि गिद्धमा निर्भर हुन्थे । तर, भारतमा गिद्धको गिरावट कुनै पनि पन्छी प्रजातिमा अहिलेसम्मकै सबैभन्दा तीव्र कमी  मानिएको छ । जुन अमेरिकामा परेवा लोप भएपछिको ठूलो कमी हो ।

भारतीय चराहरूको अवस्थासम्बन्धी रिपोर्ट अनुसार भारतमा अहिले केवल संरक्षित क्षेत्रको आसपासमा मात्रै बाँकी गिद्ध छन् । त्यस क्षेत्रमा गिद्धको आहारको रुपमा दूषित घरपालुवा पशुको साटो मृत वन्यजीवहरू अधिक रहेका छन् ।

विज्ञका अनुसार गिद्धको संख्यामा निरन्तर गिरावटले गिद्धमाथि मडारिइरहेको खतरातर्फ संकेत गर्दछ, जुन गम्भीर चिन्ताको विषय हो । किनकि गिद्धको संख्यामा कमी आउँदा मानव कल्याणमा नकारात्मक असर पर्दछ ।

वास्तवमा पशुका लागि प्रयोग हुने डाइक्लोफेनाक औषधि नै गिद्धका लागि ठूलो खतरा बनेको छ । हालको समयमा मृत पशुलाई खुल्ला ठाउँमा नछाडी खाडलमा पुर्ने तथा जंगली कुकुरका कारण पनि यो समस्या थप गम्भीर बनेको छ ।

त्यसका अलावा खानी तथा उत्खनन पनि समस्या बनेको छ जसले गिद्धका कतिपय प्रजातीहरुलाई गुँड बनाउने काममा असर गर्दछ । उसोभए के अब गिद्धको पुनरागमन होला रु यो भनिहाल्न कठिन छ । तर, केही संकेतले भने आशा जगाएका छन् ।

गतवर्ष २० वटा गिद्धलाई पालेर उनीहरुको खुट्टामा स्याटेलाइट ट्याग लगाई पश्चिम बंगालको एक बाघ आरक्षमा छाडियो । हालै भएको एक सर्भेक्षणले दक्षिण भारतमा ३ सय भन्दा धेरै गिद्ध रहेको देखाएको छ । तर, अझै पनि यो अपर्याप्त छ । गिद्धको संख्या बढाउनका लागि अझै पनि धेरै काम गर्नु आवश्यक छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै