+

संस्थाको राहत : १ किलो दाललाई ४ किलो नुन !

काठमाडौँ । आपतको बेला संस्थाले दिएको राहत सामग्री नलिनु कसरी ? लिए खानु के गरी ? मुगुमा यस्तै भएको छ । 

यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएकाहरुका परिवारलाई गैरसरकारी संस्था टेवाले उपलब्ध गराएको राहत सामग्री यस्तो परेको हो । टेवाले मृत्यु भएकाहरुका परिवारलाई १ किलो दाल र  ४ किलो नुन दिएर यस्तो बनाएको हो ।  दाल भन्दा नुन बढी दिएपछि अब त्यसलाई कसरी खानु ? मृत्यु भएकाहरुका परिवार अचम्म परेका छन् । 

गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा  ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।  

टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० किलो चामल, एक किलो दाल, एक लिटर खानेतेल,  चार किलो नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी  प्रदान गरिएको हो । मृतकका परिवारलाई त्यही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार  १२ हजार रुपैयाँ प्रदान गरिएको छ । 

यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का एकजना र वडा नम्बर  १२ का तीनजना युवाको मृत्यु भएको हो  । एक याममा एक परिवारले यार्सा बेचेर कम्तीमा ३ लाखसम्म आम्दानी गर्ने गर्छन् । पन्ध्रदेखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च जुटाउनुपर्ने भएकाले घर नै खाली गरेर गाउँगाउँबाट युवायुवती यार्सा पाटन पुग्ने गरेका छन् ।

यार्सा पाटनमा मृत्यु भएका तथा बिरामी परेका  परिवारले अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको छायानाथ रारा नगरपालिका– १० की सिर्जना कुमाइले बताउनुभयो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै