साझा सङ्कल्प : निराशा चिर्दै भरोसा जगाउने लक्ष्य
६ चैत २०८०, मङ्गलवार
कञ्चनपुर । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या )बेड)को होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको दुई वर्ष हुँदासमेत प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको हो ।