सङ्खुवासभा शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुग्यो
२५ चैत २०८०, आइतवार
हुम्ला । हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो ।