राजनीति

पचास वर्षका लागि उपयुक्त शिक्षा नीति तय गर्नुपर्छ : देउवा

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड दिनुभएको छ ।  दक्ष र शिक्षित जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई सीपसँग जोड्नुपर्नेछ, यस्ता बहसले समग्र मुलुकको शिक्षा नीतिमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास छ सभापति देउवाले भन्नुभयो ।