
तनहुँ । नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा ऋषि केसी चयन हुनुभएको छ । सङ्घको पाँचौँ अधिवेशनले केसीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
व्यास नगरपालिका–१ विज्ञानचौर भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा भएको अधिवेशनबाट आँबुखैरेनी बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष केसी सङ्घको अध्यक्ष पदमा चयन हुनुभएको हो । सङ्घको उपाध्यक्षमा सिके विके क्याम्पस बन्दीपुर–१ डुम्रेका अध्यक्ष सुन्दरलाल श्रेष्ठ, सचिवमा आदिकवि भानुभक्त क्याम्पसका प्राध्यापक सङ्घका उपाध्यक्ष चिरञ्जीवी बस्नेत र कोषाध्यक्षमा त्रिभुवन क्याम्पस भानु नगरपालिका–११ मानेचौका क्याम्पस प्रमुख रवीन्द्र जोशी चयन हुनुभएको छ ।
सदस्यमा तनहुँ शारदा क्याम्पसका अध्यक्ष सीताराम अधिकारी, बन्दीपुर–१ का क्याम्पसका नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घका एकाइ अध्यक्ष गोवर्धन भट्टराई, शुक्लागण्डकी नगरपालिका–८ स्थित सहिद कृष्ण क्याम्पसका क्याम्पस प्रमुख हरिप्रसाद लम्साल रहनुभएको छ ।
सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख एवं सङ्घका गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष महाप्रसाद हड्खलेले सामुदायिक क्याम्पसका चुनौती, अवसर र सङ्घीय, प्रादेशिक र स्थानीय सरकारसँग जनस्तरबाट सञ्चालन हुँदै आएका जिल्लाका सामुदायिक क्याम्पसको अपेक्षाका बारेमा जानकारी गराउनुभएको थियो ।
अधिवेशनले सामुदायिक क्याम्पसको सञ्चालन, भौतिक पूर्वाधार निर्माण र त्यहाँ कार्यरत प्राध्यापक, कर्मचारीको सेवा सुविधाको प्रत्याभूति गर्न र उनीहरूको योग्यता, ज्ञान, सीप र क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने गरी नीति, कार्यक्रम तथा योजना तय गर्न सहज बनाउनेछ ।
सङ्घले सङ्घीय, प्रादेशिक एवं स्थानीय सरकारलाई आह्वान गर्ने र सामुदायिक क्याम्पसलाई उच्च शिक्षाका थप प्राविधिक एवं रोजगारमूलक शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति प्रदान गर्न र सामुदायिक क्याम्पसलाई आर्थिक एवं भौतिक टेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय र प्रदेश विश्वविद्यालयलाई आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।
अधिवेशनमा जिल्लाका सामुदायिक क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो । तनहुँमा १० वटा सामुदायिक क्याम्पस सञ्चालनमा रहेका छन् । निर्वाचन प्रबन्ध समिति संयोजकमा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय सदस्य एवं जनज्योति क्याम्पस भिमादका क्याम्पस प्रमुख केशवराज काफ्ले र सदस्यमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी र नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ गण्डकीका अध्यक्ष एवं आदिकवि भानुभक्त क्याम्पस मानविकी तथा समाजशास्त्र विभागका प्रमुख विमल गिरी रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु