+

एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । 


गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबार आईजीपी थापाले दर्ज्यानी लगाइदिनुभएको हो । 


बढुवासँगै उनीहरूको पदस्थापनसमेत भएको छ । खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा, आचार्यलाई कार्य विभागमा, शर्मालाई प्रशासन विभागमा, कार्कीलाई मानव स्रोत विभागमा, अधिकारीलाई अपराध अनुसन्धान विभागमा र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै