+

कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।


शुक्रबार बिहान करिब ५ः४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदैगरेको बिएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा  बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।

कारचालक रूपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट