
काठमाडौँ । तीनकुने आन्दोलनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईं सहित २६ लाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको हो ।
आइतबार इजलासमा बहस भएन । म्याद थप मात्रै भयो । प्रहरीले उनीहरूमाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ। संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
त्यसअनुसार प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
यसअघि शुक्रबारमात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो। मिश्रले आफूलाई बयान र अनुसन्धान सकिएपनि प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो।
चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पुनर्स्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो। तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै