+

स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

भक्तपुर ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्यको क्षेत्रमा बजेट बढाउँदै लगेको बताउनुभएको छ । 

विश्व योग दिवसका अवसरमा जीवन विज्ञान नामको संस्थाले आज आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उहाँले जन सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताउनुभयो ।

सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । सचिव मैनालीले भन्नुभयो– ‘देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग  चुनौती बनेका  छन् । जथाभावी खानपानले रोग बढेको छ ।’

सातदिने शिविरमा सहभागी २ सय प्रशिक्षार्थीलाई जीवन विज्ञानका प्रशिक्षकद्धय विन्दा आचार्य र प्रदीप प्रणव प्रशिक्षण दिनुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट