
काठमाडौँ । देशभरिका सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौँ मा प्रदर्शन भएको छ । सरकारले पटक पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन शुरु गरेका हुन् ।
शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत शुरु गरेका छन् । सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताउनुभयो । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उहाँको धारणा छ ।
विभिन्न सहकारीबाट पीडित बचतकर्ताहरूले सहकारीका अध्यक्ष र सञ्चालकलाई कारबाही गर्नु पर्ने र बचत फिर्ता हुनुपर्ने माग उनीहरूको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै