
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित उहाँको निवास पुग्नुभएको छ ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली पूर्वप्रधामन्त्री नेपाललाई नयाँ गठबन्धनमा आउन आग्रहको साथै कम्युनिष्ट एकताको लागि छलफल गर्न मंगलबार कोटेश्वर पुग्नुभएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल राजनीतिक धपेडीले अस्वस्थ भइ निवासमै आराम गरिरहनुभएको छ । प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार साँझ पनि अध्यक्ष नेपाललाई भेट्न उहाँको निवास पुग्नु भएको थियो । प्रधानमन्त्री दाहालले भेटघाटमा अध्यक्ष नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । तर नेपालले प्रधानमन्त्रीलाई त्यसबारे पार्टीमा छलफलबाट निर्णय गर्ने बताउनु थियो ।
एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो अध्यक्ष नेपाललाई टेलिफोन गरी उहाँको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री भेट्न आउने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससंगको गठबन्धन तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालसँग सत्ताको लागि नयाँ समीकरण बनाएपछि पूर्वप्रधानमनत्ती नेतृत्वके एकीकृत समाजवादीले भने त्यसबारे निर्णयक कदम चालिसकेको छैन । एकीकृत समाजवादीले नयाँ गठबन्धन र सरकारलक्ष्ई गुण र दोषको आधारमा समर्थन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो