+

ओलीलाई बालेनको जवाफः तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारी जोगाउने नाइके भएको आरोप लगाउनुभएको छ । 


सोमबार गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बालेनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी नहुनेलाई अर्को वर्षदेखि नबोलाउन निर्देशन दिनुभएको थियो । 

त्यसको जवाफमा बालेनले प्रधानमन्त्री ओलीको नामै लिएर भ्रष्टाचारी जोगाउँछु भन्ने नाइकेको कार्यक्रममा आफू गइदिनुपर्ने ? भन्दै जवाफ फर्काउनुभएको हो । 

आफूले भ्रष्टाचार रोक्छु भन्दा सबै पार्टी मिलेर भ्रष्टाचारी जोगाउन लागेको मेयर बालेनको भनाइ छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ’जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ?’

बालेनले आफ्नो व्यक्तिगत एकाउन्टबाट यो स्टाटस पोस्ट गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट