+

आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी

काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज २८ औँ दिनपनि जारी छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।


शिक्षकहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै आज नयाँ बानेश्वरस्थीत निषेधित क्षेत्र नजिक प्रदर्शन गरेका छन् । 

उनीहरूले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् । महासंघले अनुशासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरे पनि प्रहरीले रोकेको थियो । महासंघले तत्काल सरकारले आफूहरूको मागमा सहमति नजनाए बुधबार सामूहिक गिरफ्तारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट