
तनहुँ । गोरखा–जितगढी एकीकरण पदयात्रा चैत २८ देखि हुने भएको छ । नेपाली सेनाले चैत २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म पदयात्रा सञ्चालन गर्दैछ ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने ध्येयले गोरखा–जितगढी एकीकरण पदयात्रा आयोजना गर्न लागिएको हो ।
नेपाली सेनाले चैत २८ गतेदेखि आगामी वैशाख ७ गतेसम्म पदयात्रा सञ्चालन गर्दैछ । पदयात्रालाई सफल बनाउने तनहुँका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । नेपाली सेनाको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) ले यहाँ आयोजना गरेको बैठकमा पदयात्रालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।
व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रा ऐतिहासिक भएकाले स्थानीयको पनि साथ, सहयोग र सहकार्य हुन जरुरी रहेको भन्दै नेपालको ऐतिहासिक विषयवस्तु नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
गोरखाबाट चैत २८ गते देखि शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुग्नेछ । गोरखाबाट सुरु भएको पदयात्रा साँझ तनहुँको ऐतिहासिकस्थल सतिघाट हुँदै भानु नगरपालिका–१ भन्सार ग्रीनपार्क आइपुग्ने र त्यहाँ स्थानीयको सहभागितामा स्वागतको कार्यक्रम गरिने भानुका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले ऐतिहासिक पदयात्रामा स्वागत र साथ दिन जिल्लावासीलाई अनुरोध गर्नुभयो । पदयात्राले नेपालको इतिहास बोकेको हुँदा सबै नेपालीले गौरव गर्नुपर्ने बताउनुभयो ।
गोरखा दरबारबाट चैत २८ गते शुरु हुने पदयात्रा त्यही दिन ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको सतिघाट हुँदै भन्सारसम्म आइपुग्नेछ । गोरखाको रिपुमर्दन गणले भन्सारबाट भानु नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गर्नेछ ।
भन्सारबाट २९ गते प्रस्थान गर्ने टोली तनहुँकै भिमसेन गढी हुँदै बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ ।
तनहुँसुर आएर पद यात्राको झण्डा कालीभञ्जन गण (ई) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ ।
धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिने सेनाले जनाएको छ ।
केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुडदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको कालीभञ्जन गण (ई) गण दमौलीका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिनुभयो ।
पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरानमा स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाईंमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ ।
गोरखादेखि जितगढीसम्मको दूरी ३०५ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईँ भारतमा पक्राउ
- कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध
- रामेछापमा जिप दुर्घटना : दुई जनाको मृत्य, नौ घाइते
- चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान भर्ने
- इलाममा सबै भन्दा बढी वर्षा
- नेपाल बारमा मिश्र प्यानल विजयी
- नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको शानः राष्ट्रपति
- वर्तमान सरकारको मुहार झल्काउने दाउन्ने सडक
- ओली नेत्रृत्वको सरकारले काम गर्न सकेन : महामन्त्री थापा
- शिक्षकहरुको आन्दोलन ९ औँ दिन पनि जारी, आजै वार्ताको पनि तयारी