+

यौन दुराचारी बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । विवादास्पद तपश्वी रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । बम्जनविरुद्ध अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

बम्जनले गैरकानुनी तवरले ८ करोड २७ लाख रुपैयाँ आर्जन गरेको विभागले मुद्दामा उल्लेख गरेको छ । ३४ वर्षीय बम्जनमाथि बारा रतनपुरीका ३४ वर्षीय बम्जनमाथि बाल यौन शोषण र व्यक्तिलाई बेपत्ता पारेको अभियोग समेत लागेको छ ।

बम्जनलाइ प्रहरीले त्यही अभियोगमा २०८० पुस २४ गते पक्राउ गरेको थियो । बाल यौन दुराचारको आरोपमा  जिल्ला अदालत सर्लाहीले उनलाई  २०८१ भदौ १४ गते १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । पक्राउ र त्यो फैसलापछि उनी अहिले कारागारमा छन् । 

उनीमाथि सिन्धुपाल्चोक र नुवाकोटस्थित आश्रमबाट व्यक्ति बेपत्ता पारेको आरोप पनि छ । तर त्यो आरोपमा दुवै जिल्ला अदालतले उनलाई सफाइ दिएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट