
सङ्खुवासभा ।सङ्खुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि ३ सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ । बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताउनुभयो ।
उहाँका अनुसार विमानस्थल वरिपरि कम्तीमा पाँच किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो । तुवाँलो बढ्दा यसअघि विमानस्थलमा पाँच सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुँदैन : प्रधानमन्त्री
- निजामती विधेयक टुंग्याउन बडूको संयोजकत्वमा उपसमिति गठन
- जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन् : महामन्त्री थापा
- पाटन स्वास्थ्य विज्ञानको बजेट र कार्यक्रम स्वीकृत
- महासचिव घनश्याम भूसालद्वारा तीन महिने आन्दोलन कार्यक्रम प्रस्ताव
- सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवाः राष्ट्रपति
- माघमा ४७८ ठाउँमा आगलागी : २२ जनाको मृत्यु, ८७ घाइते
- शहीद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन हुन्छ : प्रचण्ड
- जिडिपी अनुपातमा ४५ प्रतिशत नाघ्यो सार्वजनिक ऋण
- ज्ञानलाई देशको हितमा उपयोग गर्न प्रधानमन्त्रीको आग्रह