+

देउवा किन जाँदैछन् भारत ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जानु हुने भएको छ । कांग्रेस सभापति देउवा उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भ मेलाको अवसर भारत जान लाग्नुभएको हो। 


सभापति देउवा  इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी भारत जान लाग्नुभएको हो। त्यो कार्यक्रम प्रयागराजमा आउने शुक्रबार र शनिबार हुँदैछ । 

कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिटमा अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ । प्रयागराज प्रयागराजमा ४५ दिनदेखि भइरहेको महाकुम्भ मेला ४५ दिन चलेर १४ फागुनमा सकिँदैछ । 


महाकुम्भ मेलामा यसअघि कांग्रेस महामन्त्री गगन थापा र अर्जुननरसिंह केसी लगायतका नेता सहभागी भई गंगामा स्नान गरेर फर्किसक्नु भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट