+

सावरीसाधनको तीव्र गति नियन्त्रण गर्न अभियान शुरु

भक्तपुर ।  जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न तीव्र गति नियन्त्रण अभियान शुरु गरेको छ । 


मध्यपुरथिमी नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमी पेप्सीकोला सडकअन्तर्गत निकोेसेरा चोकबाट  अभियान शुरु गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले फराकिलो सडकमा सावरीसाधनको तीव्र गतिका कारण दुर्घटना बढेपछि यसलाई नियन्त्रण गर्न अभियान शुरु गरिएको बताउनुभयो । परिसरले मध्यपुरथिमी नगरपालिकाको संयोजन एवं सहयोगमा ट्राफिक प्रहरी, नगरपालिका, प्रहरी वृत्त थिमी, डिभिजन सडक कार्यालय भक्तपुर, नगर प्रहरीसमेतको टोलीले आज निकोसेरा चोकदेखि पेप्सीकोला मनोहरा पुलसम्म २० ठाउँमा तीव्र गति नियन्त्रणसम्बन्धी जनचेतना एवं सूचनामलक बोर्ड राखेको छ ।

विसं २०८१ साउन १ गतेदेखि. फागुन २ गतेसम्म सल्लाघारीबाट निकोसरा, बाहखा बजार, पुरानोथिमी, सानोथिमी हुँदै पेप्सीकोला सडकमा १६० सवारीसाधन दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । पेप्सीकोलादेखि फराकिलो र चिल्लो कालोपत्र सडकमा सवारीसाधन तीव्र गतिमा सञ्चालन गरेका कारण बढी दुर्घटना भएको पाइएको छ । तीमध्ये ९० प्रतिशत मोटरसाइकल र स्कुटर दुर्घटनामा परेको तथ्याङ्क छ ।

दुर्घटना बढेपछि ट्राफिक कार्यालयले प्रतिघण्टा ४० किलोमिटरको गति निर्धारण गरेर अभियान सुरु गरेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । मनोहरादेखि सानोथिमी, निकोसेरा सल्लाघारी रुटमा प्रतिघण्टा ४० भन्दा बढी गतिमा सवारीसाधन चलाए कारबाही गरिने उहाँले बताउनुभयो ।

नियमाअनुसार तीव्र गति हुने फराकिला सडकलाई ४० किलोमिटर र बस्तीभित्र ३० किलोमिटर प्रतिघण्टाको गति कायम गरिएको भन्दै उहाँले अरनिको राजमार्गअन्तर्गत मनोहरा खोलादेखि राधेराधे सूर्यविनायकसम्म प्रतिघण्टा ५० किलोमिटरको गति निर्धारण गरिएको बताउनुभयो । ट्राफिक प्रहरीले जुनसुकै बेलामा पनि गति नियन्त्रणका लागि ‘राडार गन’को प्रयोग गर्ने भएकाले तीव्र गतिमा सवारीसाधान नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमी नगरपालिकाका जनप्रतिनिधि रामचन्द्र थापा, डिभिजन सडक कार्यालय भक्तपरका सुपरभाइजर सजन श्रेष्ठलगायतले भक्तपुरका मुख्य सडकहरुमा यस्ता अभियान आवश्यक रहेको बताउनुभयो ।

रातिमा पनि राडार गनको प्रयोग   

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै कारबाही प्रक्रिया शुरु गरेको छ । सोमबार राति ८ देख ९ बजेसम्म एक घण्टा गरेको जाँजमा ४९ सवारीसाधन तीव्र गतिका कारण कारबाहीमा परेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । 

तीव्र गतिमा सवारीसधान चलाउने टिपर चालकले रातिको समयमा पैदल यात्री, साइकल, मोटरसाइकल तथा स्कुटर र अन्य सवारी साधनलाई ठक्कर दिने, सडकका पोल र सडक किनाराका बारहरु भाँच्ने र अरूको घरभित्र समेत छिर्ने गरी तीव्र गतिमा सवारीसाधन चलाउन थालेपछि टिपरको समेत रातिको समयमा गति मापन गर्न राडार गनको प्रयोग गरी कारबाही गर्न शुरु गरेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट