
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छन् ।
कोशीबाट ७ सय ३५, बागमतीबाट दुई सय ६५, गण्डकीबाट ५ सय ६, लुम्बिनीबाट एक हजार ३५, कणालीबाट एक सय ६९ र सुदूरपश्चिम प्रदेशबाट दुई सय ३५ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले ५४ जना पक्राउ गरेको छ । उनीहरूबाट ४३ करोड पाँच लाख ४२ हजार रुपैया जरिवानासमेत तोकिएको छ । उनीहरूबाट कूल कैद एक हजार नौ सय ६८ वर्ष नौ महिना आठ दिन भुक्तानी गर्न बाँकी रहेको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । त्यही क्रममा उल्लेखित सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतमा पेश गरिएको बताउँदै प्रवक्ता अधिकारीले अदालतको आदेश अनुसार जरिवाना तिराउर कारागार समेत पठाइएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन