काठमाडौँ । युरोपेली सङ्घ (ईयु) का देशहरूले खेल मैदान र क्याफे लगायत धेरै बाहिरी क्षेत्रमा धुमपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुमपान विरोधी नियम लागू गर्ने तयारी गरेका छन् ।
सदस्य राष्ट्रहरूले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरूको बैठकमा त्यो प्रस्ताव पेश गरिनेछ । कूटनीतिक स्रोतका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ ।
यसले सरकारले भविष्यमा धुमपानका कारण हुने मृत्यु र रोगलाई कम गर्न खोज्ने नीतिलाई सङ्केत गर्छ । सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयुका देशहरूलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ ।
त्यो कानुन अन्तरगत स्वीमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रूफटप बार र रेस्टुरेन्ट टेरेसहरू लगायत स्थानमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लुम्बिनीमाथि बिराटनगरको रोमाञ्चक जित
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
- राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
- नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली
- ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
- छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
- बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
- कर्णालीका ३ संसदीय समिति नेतृत्वविहीन