काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ ।
‘हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहराइयो र यो गलत हो’ राष्ट्रपति बाइडेनले विज्ञप्तिमा भन्नुभएको छ । विशेष गरी यस्तो समयमा जब भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई र न्याय विभागमा वफादार नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित छ ।
‘बाइडेन जुनियर’लाई यसै वर्षको शुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो र उहाँले कर छलीको छुट्टै मुद्दामा पनि आफ्नो दोष स्वीकार गर्नुभएको छ तर उहाँले सजाय भोग्नुभएको छैन ।
जनवरी २० मा ट्रम्पले कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम सातामा रहेका जो बाइडेनले पटक–पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनुभएको थियो ।
‘मैले न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने भनेको थिएँ र मैले मेरो छोरालाई अन्यायपूर्ण तरिकाले मुद्दा चलाएको देखेपनि आफ्नो वचन कायम राखेको छु’ राष्ट्रपति बाइडेनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘काङ्ग्रेस (संसद)मा मेरा धेरै राजनीतिक प्रतिद्वन्द्वीले उनीहरूलाई ममाथि आक्रमण गर्न र मेरो चुनावको विरोध गर्न उक्साएपछि मात्र उहाँको मुद्दामा आरोप लगाइएको हो’ उहाँले भन्नुभएको छ– ‘म न्याय प्रणालीमा विश्वास गर्छु, तर जसरी मैले यससँग कुस्ती खेलेको छु, मलाई यो पनि विश्वास छ कि कच्चा राजनीतिले यो प्रक्रियालाई सङ्क्रमित गरेको छ र यसले न्यायको तुषारापात गराएको छ।’
सर्वोच्च अदालतले राष्ट्रपति पदीय उन्मुक्तिसम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला यो माफी आएको हो ।
गत मे महिनामा बाइडेनलाई गलत व्यापारिक रेकर्ड बनाएको अभियोगमा ऐतिहासिक दोषी ठहर गरिए पनि राष्ट्रपति बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीले हन्टर बाइडेनलाई जेल बस्नुपर्ने बाध्यता भने थिएन अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका थिए।
बिल क्लिन्टनले आफ्नो सौतेनी भाइलाई पुरानो कोकिनको आरोपको लागि माफी दिनुभएको थियो र ट्रम्पले कर छलीको लागि आफ्ना सम्धी ९ज्वाईँका पिता०लाई माफी दिनुभएको थियो । यद्यपि दुबै अवस्थामा ती व्यक्तिहरूले पहिले नै आफ्नो जेल सजाय भुक्तान गरिसकेका थिए ।
ट्रम्पले सन् २०२० को चुनावमा आफ्नो पराजयलाई उल्टाउन जनवरी ६, २०२१ मा अमेरिकी संसद भवनमा भएको भीषण दङ्गामा आक्रमण गर्ने समर्थकलाई माफी दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आइतबार अबेर सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘यस्तो दुव्र्यवहार र न्यायमाथिको तुषारापात के जो (जो बाइडेन) ले हन्टरलाई दिएको क्षमादानमा जे–६ बन्धक पनि सामेल छन्, जो अहिले वर्षौंदेखि जेलमा छन् ?’
हन्टर बाइडनलाई गत सेप्टेम्बरमा कर छलीको अभियोगमा १७ वर्षको जेल सजायको घोषणा गरिएको थियो । अवैध बन्दुक राखेको छुट्टै अभियोगमा उहाँलाई २५ वर्षको जेल सजाय सुनाइएको हो ।
बाइडेनका वकिलले हन्टर राष्ट्रपतिका छोरा भएकै कारण अदालतमा उपस्थित गराइएको बताउनुभएको छ । हन्टरले पूराना कर भुक्तान गर्नुभएको छ र अधिकारीहरूले लगाएको जरिवाना पनि । यसपहिले हन्टर बाइडेनलाई जेलमा जान नपर्ने गरी एउटा सम्झौता गराइएको थियो तर त्यो सम्झौता अन्तिम समयमा रद्द भएको थियो ।
उहाँको मुद्दा लामो समयदेखि बाइडेन परिवारको पक्षमा काँडाको रूपमा रहेको छ । विशेष गरी, यो चुनावी वर्षको दौडानमा रिपब्लिकनहरूले हन्टरलाई धेरै नरम व्यवहार देखाइएको आरोप लगाएका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर