काठमाडौँ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक घटेको छ ।
परिसूचक आइतबार ९ दशमलव ९९ अंकले घटेर २ हजार ७ सय ३८ दशमलव शून्य ६ को बिन्दुमा कायम भएको हो । आज ३ सय १४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर, ८२ हजार ६ सय दुईपटक खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
व्यापार समूह ९ दशमलव शून्य सात, विकास बैंक समूह चार दशमलव ५२ र होटल तथा पर्यटन समूह शून्य दशमलव ३० प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ ।
बैंकिङ एक दशमलव ४७, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव १५, जीवन बीमा एक दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, लघुवित्त शून्य दशमलव ९२, म्युचुअल फण्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव शून्य एक र अन्य समूह एक दशमलव ३५ प्रतिशतले घटेको छ ।
पाँचवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३४ करोड ३१ लाख ४९ हजार ७ सय १७ रुपैयाँबराबरको कारोबार भएको छ ।कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ८ हजार ३ सय ४१ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
- राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
- नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली
- ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
- छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
- बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
- कर्णालीका ३ संसदीय समिति नेतृत्वविहीन
- डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, किसान प्रभावित