+

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

सप्तरी । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ  । 

त्यस क्रममा उहाँले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिनुभएको छ।  

उहाँलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिनुभएको थियो । 

अस्पताल भवन निर्माणकर्ता कम्पनीले समयमा काम पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको जानकारी दिँदै प्रमुख तिवारीले भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै