+

९ अंकले घट्यो नेप्से

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव १९ अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर २ हजार ६ सय १६ दशमलव ९५ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४५ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ८० मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको भने शेयर मूल्यमा कमी भएको छ । 

कूल एक करोड ११ लाख ३४ हजार एक सय ७८ कित्ता शेयर,  चार अर्ब ७३ करोड २४ लाख ८७ हजार आठ सय ६४ रुपैयाँ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स, रिभर फल्स पावर, माई खोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

समृद्धि फाइनान्स नौ दशमलव ९९ र कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतले कमाएका छन् । त्यस्तै, नेपाल एसबिआई बैंक ६ दशमलव ७९, प्राइम बैंक चार दशमलव १७, रावा इनर्जी चार दशमलव शून्य तीन, आइसिएफसी फाइनान्स तीन दशमलव ८३ र ज्योति विकास बैंकको ऋणपत्रका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै