+

तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह

काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्‍याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।


काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा  चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो ।

आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिनापूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ ।

उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

घटना भएको दिन आयोगले विभिन्न टोली बनाइ अनुगमन गरी मानविय तथा भौतिक क्षतिको अवस्था र मानवअधिकारको उल्लङ्घनका विषयलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

आयोगमा त्यो घटनासँग सम्बन्धित थप उजुरी र ज्ञापनपत्रसमेत प्राप्त भएका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै