+

रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुन्न आदेश

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई  अदालतले थुन्न आदेश दिएको छ । 


रास्वपाका लामिछाने र  पूर्वडीआईजी जोशीलाई   उच्च अदालत तुलसीपुरले बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा थुन्न आदेश दिएको हो । 

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछाने र  जोशीलाई आदेश थुन्न आदेश दिएको हो । 

जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै