+

५६ अंकले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ ।

साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ५६ दशमलव शून्य ९ अंकले उकालो लागेर २ हजार ६ सय ५३ दशमलव ५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९ दशमलव ७५ अंकले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य  बढेको छ । 

आजको कारोबारमा कूल १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता शेयर, ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ९ दशमलव ७६, इस्टर्न हाइड्रोपावर ९ दशमलव ६८,गुडबिल फाइनान्स ९ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८ दशमलव १४ प्रशितले कमाएका छन् ।

विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना ९ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड ६ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै