+

राहत कोषमा जुट्न थाल्यो रकम

झापा । विपदमा परेका व्यवसायीलाई सहयोग गर्न  विर्तामोड उद्योग वाणिज्य सङ्घले स्थापना गरेको ‘सदस्य राहत कोष’मा सहयोग रकम जुट्न थालेको छ ।

विपत्तिका बेला तत्काल सहयोग गर्ने उद्देश्यले सङ्घले १ करोड रुपैयाँको अक्षयकोष बनाउने  निर्णय गरेको थियो । सङ्घमा पाँच हजार ६ सय ६२ जना सदस्य आवद्ध छन् । सङ्घका सदस्य व्यवसायी पर्वत कार्कीले कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ  दाखिला गर्नु भएको सङ्घका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । 

हालसम्म ८ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भइसकेको छ । आगलागी, बाढी, चोरी, लुटपाट लगायत घटनामा सदस्यले कोषबाट आर्थिक सहयोग पाउने कार्यविधि बनाइएको जानकारी उहाँले दिनुभयो । 

‘कार्यालयमा आएर कतिपयले सहयोग गरीरहनुभएको छ’ वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेले भन्नुभयो– ‘पाँच हजारभन्दा धेरै सदस्य हुनुहुन्छ । उहाँहरु यतिबेला कोष बन्ने कुराले उत्साही हुनुहुन्छ । सबैले अलिअलि सहयोग गर्नुभयोभने कोषमा १ करोड रुपैयाँ सहजै जुट्नेछ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै