
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले आज (विहिबार) सार्वजनिक गरेको क्यालेन्डरमा ३४ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेटिएका छन् ।
आज सार्वजनिक गरिएको क्यालेन्डरमा जनवरीदेखि डिसेम्बर ३१ सम्म खेलिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेटिएका छन् । पुरुष टिमले घरेलु मैदानमा लिग टू खेल्दै यो बर्षको यात्रा सुरु गर्नेछ । नेपाल, नामिबिया र नेदरल्यान्डस सम्मिलित सिरिज आगामी फेब्रुअरी १७ देखि संचालन हुनेछ । यो सिरिजअघि फेब्रुअरी १० देखि १४ सम्म नेपालले क्यानडासँग तीन ओडीआई खेल्ने तालिका छ ।
लिग टूका दुई सिरिज अवे हुनेछन् । सेप्टेम्बरमा क्यानडामा हुने लिग टु सिरिजमा घरेलु टोली, नेपाल र नामिबिया सहभागी हुनेछन् । अक्टोबरमा नेपालले अमेरिका भ्रमण गर्नेछ । नेपाल र अमेरिकासहित स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । हरेक लिग टूअघि तीनै टोलीसँग द्विपक्षीय सिरिज खेल्ने क्यानले जानकारी दिएको छ । २०२४ मा नेपालले सबैभन्दा धेरै क्यानडासँग सात ओडीआई खेल्नेछ ।
क्यानले यसअघि आयोजना हुँदै आएको प्रतियोगितालाई व्यवस्थित गर्दे अन्तर्राष्ट्रिय सहभागिताका साथै केही नयाँ योजनासहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री