
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कासँग फोनमा अपशब्द प्रयोग गरेको घटनासँग सम्बन्धित विषयमा उनलाई आपराधिक उपद्रव अन्तर्गत मुद्दा दायर गरिएको हो। यसै आधारमा अदालतले पक्राउ गर्न अनुमति दिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभयो।
यादवले एसपी खड्कासँग गरेको भनिएको आपत्तिजनक भनाइको अडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। उक्त अडियो सार्वजनिक भएपछि घटना छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने