+

एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित

काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो । 

काठमाडौँ । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो । 

नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसियाले  २४.३ ओभरमा मात्र ५० रन जोड्न सक्यो । इन्डोनेसियालाई सस्तैमा अलआउट गर्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ६ विकेट लिए । उनको बलिङमा दुई मेडन समावेश थियो। नेपालका लागि शुभम् खनाल र सुगम बुढाथोकीले थप एकएक विकेट हात पारे ।  

यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ४२० रन बनाएको हो । नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव, जय थापाले सानदार अर्धशतक बनाए । प्रसिद्धले ११४ बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १३२ रन बनाए ।  

त्यसैगरी परिमार्जन यादवले मात्र २८ बलमा ७१ रन जोडे । उनको शानदार अर्धशतकमा चार चौका र आठ छक्का समावेश थियो । रौनक श्रीवास्तवले ७१ बलको सामना गर्दा आठ चौका र दुई छक्काको मद्दतमा ८८ रन जोडे भने जय थापाले ४१ बलमा सात चौकाको मद्दतमा ५७ रन बनाए । सुगम बुढाथोकीले अविजित ३९ रन जोड्दा रोशन शाहीले नटआउट १० रन थपे । 

यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले हराएको नेपालले जापानमाथि ९ विकेटको जित निकालेको थियो। यो जितसँगै समूह ‘ए’को नेपाल तीन खेलमा तीन जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा पुगेको छ। नेपालले समूह चरणको अन्तिम अर्थात् चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै