खोटाङ । करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८० र८१ मा २२ लाख ५० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवावापत रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिनुभएको छ ।
कार्यालयले गत आवमा समग्रमा ९७ दशमलव ४४ प्रतिशत लक्ष्य पूरा गरेको छ । “कार्यालयले अघिल्लो आव २०७९र८० मा रु २१ करोड ३८ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्ष २२ करोड ६१ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ’ निमित्त कार्यालय प्रमुख बाँस्तोलाले भन्नुभयो– ‘यो ९७ दशमलव ४४ प्रतिशत लक्ष्य हो । आगामी दिनमा शतप्रतिशत लक्ष्य पूरा गर्नेगरी काम गछौँ ।’
विसं २०७५ मा स्थापना भएको यस कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखासम्बन्धी काम गर्ने कर्मचारीसँग कर शिक्षासम्बन्धी अन्तरक्रिया लगायत क्रियाकलाप गर्दै आएको छ ।
आन्तरिक राजस्व कार्यालय लहानको सम्पर्क कार्यालयको रूपमा स्थापित यस कार्यालयले प्रशासन, घरेलु तथा स्थानीय तहमा दर्ता भएका तर करमा दर्ता नभएका सङ्घरसंस्था, व्यापाररव्यवसाय लगायतको विवरण सङ्कलन गरेर करको दायरामा ल्याएको जनाइएको छ । गत आवमा एक सय १५ वटा पसल अनुगमन गर्दा मापदण्ड विपरीत सञ्चालनमा रहेकाहरूलाई कारबाही गरी २ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
सेवा कार्यालय स्थापना हुनुअघि यहाँका नागरिकले कर चुक्ताका लागि मधेस प्रदेश, सिराहाको लहान पुग्नुपर्ने समस्या थियो । यहाँबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते