
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ ।
कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दैै महामन्त्री थापाले कांग्रेसबाट प्रतिनिधित्व गरेका वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्म सबैले राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
नेता थापाले भन्नुभयो, “हामी जताततै सरकारमा छौँ, वडामा अध्यक्ष, गाउँपालिकामा अध्यक्ष, नगरपालिकामा प्रमुख, प्रदेशमा मुख्यमन्त्री, मन्त्री छौंँ, सङ्घीय सरकारमा मन्त्री छौँ, सांसद पनि छौँ । जताततै सरकारमा कांग्रेस बहुमतमा छौँ, तर जताततै समस्या छ, समस्या हटाएर शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा राम्रा काम गरेर देखाउन सके कुनै मिसन ८४ कुर्नुपर्दैन, जनता आफैले कांग्रेसलाई बहुमत दिन्छन् ।”
महामन्त्री थापाले वडा, नगरपालिका प्रमुखका उम्मेदवारको टिकट सोही ठाउँका क्रियाशील सदस्यले मतदान गरेर चुनेर पठाउनुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले कुनै हालतमा गठबन्धन नगर्ने बताउँदै उहाँले आफू देश दौडाहामा जाँदा अर्को पार्टीको चुनाव चिह्नमा मतदान गर्दाको कार्यकर्ताको पीडाले मन दुःखेको बताउनुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “कांग्रेस आफै एक्लै चुनाव लड्न सक्षम छ, चुनाव जित्ने नाममा कुनै पार्टीसँग अब गठबन्धन गर्दैन, कांग्रेसले राम्रो काम गरेर देखाउन सके जनताले पत्याउँछन्, नसके हार्छ, कांग्रेस हार्न तयार छ, तर गठबन्धन गर्न तयार छैन, यो निर्णय अब महासमिति बैठकले गर्छ ।” उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वास गरेर सरकारको नेतृत्व गर्न दिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?