
काठमाडौँ । सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका जेनजि पुस्ताका युवाहरूले भोली सोमबार काठमाडौँमा प्रदर्शन गर्ने भएका छन्।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध उनीहरूले भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा विरोध कार्यक्रम गर्ने घोषणा गरेका हुन्।
आयोजकहरूले विद्यार्थीहरूलाई पोशाक र परिचयपत्रसहित कम्तीमा एउटा किताब लिएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। यसबारे टिकटक लगायतका सामाजिक सञ्जालमा ट्रेण्ड समेत चलेको छ।
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि युवाहरू आक्रोशित बनेका हुन्। साथै, ललिता निवास जग्गा प्रकरणमा संलग्न उच्च पदस्थ व्यक्तिहरू अझै कानुनी दायरामा नआएको, ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन् र बेरोजगारीजस्ता मुद्दा लिएर जेनजि पुस्ताले आन्दोलन गर्ने जनाएका छन्।
उनीहरूले देशमा सुशासन स्थापना, रोजगारी सिर्जनाको वातावरण र समान अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सामाजिक सञ्जाल बन्दविरुद्ध भोलि जेनजि पुस्ताको प्रदर्शन
- कांग्रेसले अकस्मात् किन बोलायो केन्द्रीय समिति बैठक ?
- एमाले महाधिवेशनमा आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै
- एमाले विधान महाधिवेशन : प्रतिनिधिको हातहातमा विद्या भण्डारीको पत्र
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?