
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा ‘मेट्रिक’ घर नम्बर प्रणाली शुरु भएको छ । नेपालगञ्ज–१२ बीपी चोकमा ‘विपी मार्ग रोड नेम प्लेट’ को बिहीबार शुभारम्भ गर्दै नगरप्रमुख प्रशान्त विष्टले मेट्रिक घर प्रणाली शुरु गर्नुभएको हो ।
रोड नेम प्लेटको शुभारम्भपछि नगरप्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको शुरुवात गर्नुभएको हो । पहिलो चरणमा वडा नम्बर १२ का ५० घरमा परीक्षणका रूपमा नम्बर प्लेट राखिने उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले जानकारी दिनुभयो । पहिलो चरणमा परीक्षणका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको उल्लेख गर्दै दासले वडा नम्बर १ देखि २३ का सबै घरलाई मेट्रिक घर नम्बर प्रणालीमा जोड्ने लक्ष्य रहेको बताउनुभयो । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दूरी) का हिसाबले घरमा ‘नम्बरिङ’ गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दूरी ९मिटर०मा घर अवस्थित छ, त्यति नै नम्बर घरलाई दिइनेछ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर बिजोर नम्बर राखिने दासले जानकारी दिनुभयो ।
मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बरलगायत सामाजिक, आर्थिक तथ्याङ्क प्रविष्ट गरिएको बताइएको छ । ‘परीक्षणका रूपमा जापान अन्तर्राष्ट्रिय सहयोग नियो (जिआइजेड) ले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौँ’ इञ्जिनियर दासले भन्नुभयो, ‘यो प्रणाली शुरु भएपछि नागरिक (सेवाग्राही) को घर–घर जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।’
नेपालगञ्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग, विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शीतलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड नामका रोड नेम प्लेट राखिने उपमहानगरपालिकाले जनाएको छ ।
नगरप्रमुख विष्टले नगरलाई ‘डिजिटलाइज’ गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक–स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गर्नुभयो । नगरको एकीकृत दिगो विकास र समृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको जनाउँदै विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने लक्ष्य भएको बताउनुभयो । उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय