
काठमाडौँ । ‘नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’ को मञ्चन यात्रा नेपालबाट शुरु हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा बुधबार नाटकको पहिलो मञ्चन (वल्र्ड प्रिमियर) गरिएको छ ।
यसको यात्रा युरोपका विभिन्न शहरमा हुने परिकल्पनाकार तथा निर्देशक रामहरि ढकालले जानकारी दिनुभएको छ । ‘यो नाटक फिजिकल थिएटर विधामा रहेर तयार पारिएको छ, यसमा संवाद छैन, तर दृश्यमार्फत कथा प्रस्तुत गर्नेछौँ’ उहाँले भन्नुभयो– ‘सामान्यतया नाटकहरुको वल्र्ड प्रिमियरको सन्दर्भ जोडिँदैन तर यो नाटक नेपालबाहिर पनि मञ्चन निश्चित भएकाले यस्तो भनेका हौँ ।’
दुई दशक भन्दा बढी समयदेखि रङ्गक्रममा रहनुभएका निर्देशक ढकालले यसको अंग्रेजी नाम ‘द रोज : एन अवेकनिङ जर्नी अफ यशोधरा’ राखिएको बताउनुभयो । नाटकको विधा मात्रै विशेष नभई मञ्च र दर्शक संयोजन पनि विशेष रहेको छ । ‘गुलाफ’को मञ्च नाटक घरको बीचमा तयार पारिएको छ । त्यसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् । एक शोमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् ।
सिद्धार्थ गौतमले आफ्ना प्रश्नको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।
नाटकमा यशोधराका रुपमा कलाकारहरु दीया मास्के र सरिता साह प्रस्तुत हुनुहुनेछ । ठेट्ना आर्ट्स र मण्डला थिएटरको प्रस्तुति रहेको यस नाटकलाई आर्ट एन्ड कल्चर नर्वे, नोर्दिक कल्चर फन्ड र फुक नोले सहयोग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै