
काठमाडौँ । इजरायलले आफ्ना नागरिकलाई भारतको दिल्ली भ्रमण नगर्न सचेत गराएको छ । नयाँदिल्लीस्थित इजरायली दूतावास नजिकै मंगबार बम बिस्फोट भएको थियो । त्यो घटनापछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना नागरिकलाई भारत विशेषगरी नयाँदिल्ली सकेसम्म भ्रमण नगर्न र यति गइहाले भीडभाड हुने ठाउँमा नजान सुझाव दिएको हो ।
दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै बिस्फोट भएको जानकारी दिइएको थियो । बिस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।
भारतका लागि इजराइली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभएको थियो । इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम बिस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजराइलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ– ‘भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी/यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।’
परिषद्ले इजरायलीलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने