
काठमाडौँ । भारतमा बाढीका कारण १८ जनाको मृत्यु भएको छ । बाढीबाट लाख भन्दा बढी प्रभावित भएका छन् ।
उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै ६ लाख भन्दा बढी प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् । बाढीले दश जिल्ला होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर छ ।
आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । २४ घण्टामा चार जनाको ज्यान गएसँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको हो । कछार जिल्लामा चार जना बेपत्ता भएको जनाइएको छ । अधिकारीहरूले हाल ५७७ गाउँ डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।
आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण ९एएसडीएमए० का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।
यसैबीच, बाढी प्रभावित जिल्लामा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का कर्मचारी तैनाथ गरिएको छ ।
गत महिना पश्चिम बङ्गालाल र बङ्गलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यमा बाढी आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै