+

शान्ति शिखर सम्मेलनमा बाइडेनको अनुपस्थिति पुटिनलाई समर्थन गरे जस्तै : जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति शिखर सम्मेलनमा अमेरिकीको अनुपस्थिति पुरुसी राष्ट्रपति भ्लादिमिर टिनलाई समर्थन गरे जस्तै हुने बताउनुभएको छ । 

 शान्ति शिखर सम्मेलन जुनको मध्यमा स्वीजरल्याण्डमा हुँदैछ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्मेलनमा  आफ्नो उपस्थिती अझै पुष्टि गर्नुभएको छैन । ‘उहाँको अनुपस्थिती राष्ट्रपति पुटिनको समर्थनमा टाउको निहुँराएर ताली बजाउनु जस्तै हुनेछ । शान्ति शिखर सम्मेलनलाई राष्ट्रपति बाइडेनको आवश्यकता छ, र अमेरिकी प्रतिक्रिया कुरीरहेका अन्य नेतालाई पनि उहाँको आवश्यकता छ’ जेलेन्स्कीले ब्रसेल्स भ्रमणको क्रममा भन्नुभयो । 

जेलेन्स्कीले विश्वका दर्जनौँ नेताले शिखर सम्मेलनमा भाग लिने बताउनुभएको छ । उहाँले मङ्गलबार यस सम्मेलनमा सहभागी जनाउनु बा नजनाउनु युक्रेनमा शान्ति वा युद्ध चाहनु बीचको छनोट भएको बताउनुभयो । 

जेलेन्स्कीले मस्कोको सहभागितालाई अस्वीकार गर्दै पुटिनले शिखर सम्मेलनलाई विफल बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै