काठमाडौँ । चीन, दक्षिण कोरिया र जापान एकै स्थानमा उभिने भएका छन् । दक्षिण कोरियाी, चीन र जापानी नेताहरूले अर्को साता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियालीे राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।
राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग बताउनुभयो । युनले आइतबार ली र किशिदासँग छुट्टै द्विपक्षीय वार्ता गर्ने किमले बताउनुभएको छ । तीन नेताहरूले व्यापारिक शिखर सम्मेलनमा भाग लिने र तीन देशका व्यापारीलाई ‘प्रोत्साहित गर्ने’ कार्यक्रम पनि रहेको उहाँले बताउनुभयो ।
१आगामी शिखर सम्मेलनले त्रिपक्षीय सहयोग प्रणालीलाई पूर्ण रूपमा पुनः स्थापना र सामान्यीकरणका लागि निर्णायक बिन्दुको रूपमा काम गर्नेछ’ किमले भन्नुभयो । तीन देशका नेताहरूले अन्तिम पटक २०१९ मा भेट गर्नुभएको थियो ।
कोरियाली प्रायद्वीपमा जापानको १९१०–१९४५ सम्मको शासनलाई लिएर जापान र दक्षिण कोरियाबीच कानुनी विवाद जारी छ ।
तर आणविक हतियारधारी प्योङयाङले निम्त्याएको बढ्दो खतराका कारण दक्षिण कोरियाका युनले लामो समयदेखि सहयोगी रहेको वासिङ्टनसँगको सम्बन्धलाई बलियो बनाउँदै जापानसँगको ऐतिहासिक वैमन्स्यता अन्त्य गर्न अघि सर्नुभएको छ ।
गत वर्ष अगस्टमा संयुक्त राज्य अमेरिकाको क्याम्प डेभिडमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि सियोल, टोकियो र वासिङ्टनले घनिष्ठ त्रि–पक्षीय सुरक्षा सहयोगको ‘नयाँ अध्याय’ घोषणा गरेका थिए। त्यस समय शिखर सम्मेलनमा तीन सहयोगीहरूले दक्षिण चीन सागरमा चीनको ‘आक्रामक व्यवहार’ बारे गरेको आलोचनालाई लिएर बेइजिङले उजुरी दर्ता गरेको थियो ।
नयाँ त्रिपक्षीय शिखर सम्मेलनको बिहीबारको घोषणा बेइजिङले दक्षिण कोरियाली र जापानी कूटनीतिज्ञहरूलाई ‘ताइवानका बारेमा मुद्दाहरू’ छलफल गर्न बोलाएको एकदिन पछि आएको हो । सियोलको योन्हाप समाचार एजेन्सीका अनुसार सोमबार ताइवानका राष्ट्रपति लाइ चिङ–टे को उद्घाटनमा दक्षिण कोरियाली सांसद र सियोलका प्रतिनिधिको ताइपेईमा उपस्थितिको चीनले निन्दा गरेको छ ।
सियोलको विदेश मन्त्रालयले बिहीबार दक्षिण कोरियाको ‘एक चीन नीतिलाई सम्मान गर्ने’ स्थितिमा ‘कुनै परिवर्तन नभएको’ बताएको छ । “हाम्रो सरकारले ताइवानको मुद्दामा चीनसँग पनि कुराकानी गरिरहेको छ, चीन हाम्रो सरकारको स्थितिसँग अवगत छ हामीलाई लाग्छ,” विदेश मन्त्रालयका प्रवक्ता लिम सू–सुकले पत्रकारहरूलाई बताउनुभयो ।
चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर यो उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक लाभार्थी र कूटनीतिक सहयोगी बनेको छ । आगामी शिखर सम्मेलनले मार्च २०२३ मा चीनको प्रधानमन्त्रीको पदभार सम्हालेपछि लीको पहिलो दक्षिण कोरिया भ्रमणलाई चिह्नित गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते