काठमाडौँ । अत्यधिक प्रचारित खेलाडी लिलामीको एक दिनपछि श्रीलङ्काको प्रिमियर लिग (एलपिएल) मा टी–२० टोलीका विदेशी मालिकलाई बुधबार भ्रष्टाचारको आशङ्कामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
दाम्बुला थन्डर्सका मालिक तथा बङ्गलादेशी मूलका बेलायती नागरिक तमिम रहमानलाई दुबईका लागि उडान भर्नुअघि मुलुकको मुख्य विमानस्थलमा रोकिएको प्रहरीले बतायो ।
प्रहरी र अध्यागमन अधिकारीहरूका अनुसार उनलाई म्याच फिक्सिङको आशङ्कामा हिरासतमा राख्न अदालतको आदेशपछि पक्राउ गरिएको थियो । रहमानलाई थप अनुसन्धानका लागि मे ३१ सम्म हिरासतमा राखिएको छ ।
म्याच फिक्सिङ र सट्टेबाजी गर्ने प्रयाससँग सम्बन्धित खेलकुद ऐनको दुई प्रावधानअन्तर्गत अनुसन्धान भइरहेको थियो । खेलकुदमा भएको भ्रष्टाचार नियन्त्रण गर्ने विशेष प्रहरी एकाइले चार वर्षअघि सुरु भएको एलपिएल प्रतियोगिताका कुनै अधिकारीलाई पहिलो पटक पक्राउ गरेको हो ।
खेलकुद ऐनअन्तर्गत दोषी ठहर भएकाहरूले सम्भावित ठूलो जरिवाना र १० वर्षसम्मको कारागार सजायको सामना गर्न सक्छन् ।
मङ्गलबार रहमानको दाम्बुला टिमले २४ खेलाडी किन्नका लागि चार लाख ५० हजार डलर खर्च गरेको थियो । यसमा विदेशी खेलाडी अफगानिस्तानका अलराउन्डर करिम जनात पनि थिए । उनको मूल्य ८० हजार डलर थियो ।
पाँच टिम संलग्न एलपिएल प्रतियोगिता जुलाई १ देखि सुरु हुनेछ र जुलाई २१ मा फाइनल खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते