
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ । त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष नियुक्तिका लागि यी नाम सिफारिस गर्नुभएको थियो ।
त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।
रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुनुहुन्छ भने रेक्टरमा नियुत्त केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा हुनुहुन्छ ।
त्रिविका उपकुलपति बरालले ६ चैतमा सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गर्नुभएको थियो । त्यसपछि आएका निवेदनमध्येबाट बरालले केसी र रिजालको नाम प्रधानमन्त्री समक्ष नियुक्तिका लागि सिफारिस गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग