
काठमाडौँ । नेपाली सेना र सञ्चारकर्मीबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय ९डिपिआर०को टोली १–० गोलले विजयी भयो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । निर्देशनालय विसं २०५८ चैत २० गते स्थापना भएको थियो ।
प्रतियोगितामा निर्देशनालय टोली संयोजक प्रवक्ता कृष्णप्रसाद भण्डारी र सञ्चारकर्मीका तर्फबाट टोली कप्तान समाचारपत्र दैनिकका सम्पादक दीपक रिजाल हुनुहुन्थ्यो । प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टिम निलो जर्सीमा मैदानमा उत्रिएको थियो ।
निर्देशनालयले सैनिक र सञ्चार जगत्बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले निर्देशनालय स्थापनाका अवसरमा पछिल्ला वर्ष यस किसिमको प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सैनिक तालिम महानिर्देशक सन्तोषकुमार ढकालले मायाको चिनो प्रदान गर्नुभयो । निर्देशनालयले यस वर्ष स्थापना दिवस समारोह भोलि शुक्रबार गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन