
काठमाडौँ । वेस्ट इन्डिजको टी-२० ‘ए’ क्रिकेट टोली नेपाल भ्रमणमा आउने भएको छ । आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा अभ्यास खेल खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आउने लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट वेस्ट इन्डिज दुवैले यो भ्रमण तय गरेका हुन् । वेस्ट इन्डिजको क्रिकेट टोलीले इतिहासमै पहिलो पटक नेपालको भ्रमण गर्न लागेको हो । नेपाल भ्रमणका क्रममा वेस्ट इन्डिजले नेपालसँग पाँचवटा खेलको टी-२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल बैशाख १५ मा हुनेछ ।
यसैगरी दोस्रो खेल बैशाख १६ गते र तेस्रो खेल बैशाख १९ मा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल बैशाख २० मा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने बैशाख २२ मा खेलिने छ ।
क्यानका सचिव पारस खड्काले वेस्ट इन्डिजको टोली नेपाल भ्रमणमा आउँदा विश्वकपको तयारीमा महत्त्वपूर्ण योगदान पुग्ने प्रतिक्रिया दिनुभएको छ । ‘यो भ्रमणलाई लिएर हामी पनि निकै उत्साही छौँ । विश्वकपको तयारीमा यसले महत्त्वपूर्ण योगदान पुर्याउने छ,’ उहाँले भन्नुभयो ।
‘यो भ्रमणले आगामी विश्वकपको तयारीमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास हामीले लिएका छौँ । इन्डियन प्रिमियर लिग खेल्न नपाएका क्यारेबियन खेलाडीका लागि पनि यो विश्वकपको अन्तिम तयारी गर्ने उपयुक्त अवसर हुनेछ,’ क्रिकेट वेस्ट इन्डिजका निर्देशक माइल्स बास्कोम्बेले नेपाल भ्रमणको बिषयमा सामाजिक संजालमा टिप्पणी गर्नुभएको छ ।
आईसीसी टी २० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । नेपाल र वेस्ट इन्डिज दुवै टी २० विश्वकपमा छनोट भएका छन् ।
यसअघि नेपाल र वेस्ट इन्डिजबीच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबीच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली १ सय १ रनले विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन