
पर्सा । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ६ सय ६७ उजुरी टुङ्ग्याइएको छ ।
साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६ सय ६७ उजुरी टुङ्गो लागे पनि अझै १ हजार ७ सय ३० सम्बोधन गर्न बाँकी छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताउनुभयो । “यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैंले लिने गथ्र्यो”, उहाँले भन्नुभयो, “कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साबाट अघि सम्बोधन गर्दै आएका छौँ ।”
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित ५ सय ७ उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी १ हजार ६ सय ५३ वटा उजुरी पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको छ । “प्रहरीले पनि अनुचित लेनदेनको मुद्दालाई प्राथमिकतासहित मेलमिलाप गराउँदै आएको छ”, उहाँले भन्नुभयो, “यस्तोे वित्तीय एवं सामाजिक अपराधका विरुद्धमा सक्रिय भई लागिरहेका छौँ ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताउनुभयो । “साहुकरले १ लाख ऋण दिएर तीन लाखसम्मको कपाली तमसुक बनाउने गरेको पनि पाइएको छ”, उहाँले भन्नुभयो, “साहुकरले ऋण दिएको रकमभन्दा दुईदेखि तीन गुणाभन्दा बढी रकम वा जग्गा दृष्टिबन्धक राखेर सामाजिक अपराध गरिरहेका छन् । अहिले हामीले दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिरहेका छौँ ।”
प्रहरी नायब उपरीक्षक थापाले कतिपय उजुरीकर्ताले दुःख दिने नियतले पनि उजुरी गरेका बताउनुभयो । “कतिपय उजुरीकर्तालाई बारम्बार छलफलको लागि बोलाउँदा पनि नआउने समस्या भएको छ ।” पर्सा जिल्लामा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी १ हजार ७ सय ३० छन् ।
जिल्ला प्रहरी कार्यालयले गत फागुन १ गतेदेखि अनुचित लेनदेनको उजुरी दर्ता गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण भएका १ हजार ६ सय ५३ र प्रहरीमा दर्ता भएका २ सय २७ गरी कूल उजुरी सङ्ख्या १ हजार ८ सय ८० पुगेको छ । यीमध्ये प्रहरीले एक सय ६० उजुरी मेलमिलापको माध्यमबाट टुङ्गो लगाएको छ ।
हाल पर्सा प्रहरीमा कूल उजुरी सङ्ख्या १ हजार ७ सय ३० रहेको छ । पर्सा प्रहरीका अनुसार मेलमिलापबाट ४ करोड ५२ लाख ९५ हजार ८ सय रुपैयाँ रकमको बिगो टुङ्गो लागेको छ । अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई एक बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्ता गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन