
तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो ।
सहकारीले शेयर सदस्यलाई स्वरोजगार र उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष सुशीला गुरुङले बताउनुभयो । सहकारीका सदस्यलाई अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाईलगायत तालिम सञ्चालन गरी स्वरोजगार बनाउँदै आइएको उहाँले जानकारी दिनुभयो ।
गुरुङले सहकारी संस्थाको ३४ वटा इकाइका सदस्यलाई तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयोÞ– ‘सदस्यहरूले उत्पादन गरेको कृषि उपज सामग्री बजारीकरणका लागि सहकारी संस्थाले सहयोग गरिरहेको छ ।’
शुक्लागण्डकी नगरपालिका–२ का सदस्यलाई बाख्रापालन व्यवसाय विकास गर्न दुईवटा उन्नत जातका बोका अनुदानको रूपमा सहयोग गरेको छ । सहकारीले अकबरे खुर्सानी विकास गर्नका लागि वडा नम्बर ६ का सदस्यलाई बीउ वितरण गरेको छ भने कालीभञ्ज्याङ क्षेत्रमा नेट जाली, प्लाष्टिक टनेललगायत सामग्री प्रदान गरेको छ ।
संस्थाले सदस्यको उद्यमशीलता वृद्धि गर्नका लागि वडा नम्बर २ मा बेसार उत्पादनसम्बन्धी तालिम प्रदान गरी बीउ वितरण गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार एक सय २० जना शेयर सदस्यलाई खाना पकाउने विद्युतीय चुलो समेत प्रदान गरिएको छ ।
विसं २०५९ जेठ ७ गते स्थापना भएको सहकारी संस्थामा हाल दुई हजार सात शेयर सदस्य आवद्ध छन् । सहकारी संस्थामा ४ करोड ३२ लाख ६४ हजार रुपैयाँ शेयर पुँजी रहेको छ । बचत १८ करोड ५० लाख ३२ हजार एक सय ७१ रहेको सहकारीमा जगेडा कोष एक करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।
५० लाख रुपैयाँमा जग्गा खरिद गरी भवन निर्माण गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार हाल संस्थामा पाँच जना कर्मचारी छन् । सहकारीले चालु आर्थिक वर्षमा ३ हजार २ सय शेयर सदस्य वृद्धि गर्ने तथा शुक्लागण्डकी नगरपालिकासँग समन्वय गरी सदस्यले उत्पादन गरेका कृषि सामग्री बिक्रीका लागि हाटबजार सञ्चालन गर्ने योजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी