
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने भएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएपछि रिक्त पदमा एमालेका कंडेलले दाबी गर्न लाग्नुभएको हो । शर्माको राजीनामासँगै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदका लागि आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको आह्वानअनुसार आज नेता कँडेलले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थन लिएर मुख्यमन्त्री पदका लागि दाबी पेश गर्नुहुने एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले जानकारी दिनुभयो । ‘माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेताको समर्थन लिएर आजै प्रदेश प्रमुखसक्षम दाबी पेश गर्न जान्छौँ’ उहाँले भन्नुभयो ।
कर्णाली प्रदेश प्रमुख परियारले मुख्यमन्त्री पदका लागि चैत २७ गते बेलुका ५ः५० बजेभित्र दाबी पेश गरिसक्नुपर्ने गरी समयसीमा तोक्नुभएको छ । प्रदेश प्रमुख परियारले बुधबार विज्ञप्ति जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्ले नै कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन