
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन नजिकिँदै गर्दा पार्टीसहित विभिन्न जनवर्गीय संगठनको कमिटी निर्माणमा तीब्रता दिएको छ ।
एकीकृत समाजवादीको १० औँ महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा समाजवादीले पार्टीको वडा तथा टोलसम्म कमिटी गठनको साथै अखिल नेपाल महिला संघ, युवा संघ र विद्यार्थी संगठन लगायतलाई चलायमान पार्न थालेको हो ।
महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ । सचिव श्रेष्ठका अनुसार पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माणलाई तीव्रता दिइएको छ ।
महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्यता विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षणलगायत गतिविधि सञ्चालन गर्दै आएको छ । पार्टी विधानअनुसार तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएकाले साङ्गठनिक गतिविधि बढेको उहाँको भनाई छ ।
सचिव श्रेष्ठका अनुसार पार्टी मातहतका कमिटीका अधिवेशन भइरहेका छन् । बागमती प्रदेशका ५ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनी प्रदेश कमिटीले लक्ष्मी भुसालको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ ।
सङ्गठनको उपाध्यक्षमा मञ्जु कोइराला र समती चौधरी, सचिवमा विष्णुमाया थापा मगर, उपसचिवमा सरस्वती पोखरेल र कोषाध्यक्षमा पुष्पा भाटलाई चयन गरेको पार्टी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन