
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लाग्नेक्रम जारी छ । नेप्से परिसूचक बुधबार पनि सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ३ दशमलव ४३ प्रतिशतले घटेर २ हजार ६ दशमलव ७८ को बिन्दुमा अडिएको छ ।
बुधबार विभिन्न ३ सय २२ कम्पनीका ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता शेयर, ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँको कारोबार भएको छ । जीवन बीमा समूह शून्य दशमलव ५०, लघुवित्त एक दशमलव ६५ र म्युचुअल फन्ड समूह शून्य दशमलव ३८ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७४ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ६३, वित्त शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव १८, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव २७ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको शेयर ४ दशमलव ४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४ दशमलव ०८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ करोड ८० लाख ५९ हजार सय १६ रुपैयाँ बराबरको चार लाख ९४ हजार ७ सय ४५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन